महालक्ष्मीविकास बैंक द्वारा सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको बिराटनगर शाखाले “Thalassemia” रोग बाट ग्रसित बालबालिकाहरुको स्वास्थ्य उपचारका लागि स्थापित“Sugandha Thalassemia Project”लाई रु. २,५०,०००÷–(अक्षरुपी ःरु.दुई लाख पचास हजार) रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।
२०७६ माघ २५ गते शनिबारका दिन आर्दश मा.वि. विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा द्यBiratnagar Platinium Round Table-11 द्वारा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहका बिच बैंकको बिराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको थियो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँचलाख रहेको छ । बैंकले आगामीदिनहरुमापनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता पनि बैंकले जनाएको छ ।