दिव्यश्वरी हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा दिव्यश्वरी हाइड्रोपावर ४ करोड ३४ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ३ करोड ३३ लाख रुपैयाँ नोक्सानमा थियो । कम्पनीको विद्युत् विक्रीबाट हुने आम्दानी घटेसँगै नोक्सानी अनुपात पनि बढेको हो । असार मसान्तसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी १०.५२% ले घटेर ७ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ८ करोड ६४ लाख रुपैयाँ थियो । गत वर्ष वर्षायाममा आएको बाढी पहिरोले आयोजनामा क्षति भएको थियो ।
यसको मर्मत सभांर कार्य सकिएकाले आगामी वर्ष यामदेखि पूर्ण क्षमतामा उत्पादन हुन सक्ने कम्पनीले बताएको छ । त्यसपछि नाफा सुधार हुने अपेक्षा गरिएको छ ।
यसअवधिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । असार मसान्त सम्ममा जगेडा कोष १७ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ४६ पैसा नोक्सानीमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ३३ रुपैयाँ ७० पैसा छ ।



























