stcnepal long ad
global ime bank long

शिखर इन्स्योरेन्सको कुल व्यापार ४ अर्ब १ करोड ७२ लाख नाग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चैतसम्म ७ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ८०.२३ प्रतिशतले घटेको पाइएको छ।

शिखर इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा १ अर्ब ९५ करोड २९ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ४६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ७७ लाख रुपैयाँ राखेको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २१ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५९ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

यसैगरी कम्पनीको बीमा कोषमा ८ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यो अवधिसम्म बीमा कोषमा ५ अर्ब ९५ करोड १५ लाख रुपैयाँ थियो। बीमा कोषको आकार ४०।०३ प्रतिशतले बृद्वि भएको छ।

समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब १ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ७।५९ प्रतिशतले बृद्वि भएको छ।

गत आर्थिक वर्षको चैतसम्म कम्पनीले १ अर्ब ३० करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २० करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.२० प्रतिशतले बृद्वि भएको छ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९ईपीएस० घटेर ३।०३ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्ष ईपीएस १६.३ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.६० रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari