citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बढ्यो व्यापार, नाफा पौने ३४ करोड माथि

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको चैतसम्म कम्पनीले ३३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३६.५३ प्रतिशतले घटेको छ।

चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ८ करोड २१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ९० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २७ करोड ४७ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड २६ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९१ करोड १३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड १५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४१ करोड ४२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा कम्पनीको बीमा कोषमा ४ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ थियो। बीमा कोषको आकार १६.१० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.३४ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले २ अर्ब २१ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ९.७४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब २ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १३.५१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१.२९ रुपैयाँ थियो। पीई रेसियो ३८.४८९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१३.९४ रुपैयाँ रहेको छ।

IME Life
kumari