citizens life insurance long ad

सूर्यज्योति लाइफको नाफा साढे ८ प्रतिशत बढ्यो

जीवन बीमाकोष साढे ५१ अर्ब माथि

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षआवको तुलनामा गत आर्थिक वर्षमा नाफा, आम्दानी सहितका अधिकांश वित्तीय सूचकमा उत्साहजनक वृद्धि गर्न सफल भएको हो।

इन्स्योरेन्स कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा ३५ करोड २ लाख रुपैयाँबाट ८.५५ प्रतिशतले बढेर ३८ करोड २ लाख रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीको ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएका कारण खुद नाफा बढ्न मद्दत पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँबाट १५.७३ प्रतिशतले बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

यता खुद लाभ तथा दाबी भुक्तानी पनि ११ अर्ब ९६ करोड ४३ लाख रुपैयाँबाट १४.०८ प्रतिशतले बढेर १३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

यता इन्स्योरेन्स कम्पनीको कुल आम्दानी १५ अर्ब १३ करोड ४७ लाख रुपैयाँबाट झण्डै १३ प्रतिशतले बढेर १७ अर्ब ९ करोड ९० लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १४ अर्ब ५२ करोड ६२ लाख रुपैयाँबाट साढे १३ प्रतिशतले बढेर १६ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ नाघेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.९९ रुपैयाँबाट वृद्धि भई ७.५९ रुपैयाँ पुगेको छ भने जीवन बीमाकोष ४१ अर्ब ६० करोड ५१ लाख रुपैयाँबाट बढेर ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेको छ भने सोल्भेन्सी अनुपात ३ प्रतिशतबाट घटेर १.६५ प्रतिशतमा झरेको छ।

चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष ९२ करोड ३६ लाख रुपैयाँबाट झरेर ६० करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ भने महाविपत्ति कोष ४२ करोड रुपैयाँबाट बढेर ४५ करोड ८० लाख रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा कम्पनीको लगानी ४१ अर्ब ६६ करोड २४ लाख रुपैयाँबाट बढेर ५२ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

IME Lifesidebar
kumari