stcnepal long ad
ime life insurance
global ime bank long

नेको इन्सुरेन्सको नाफा बढे

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेको इन्सुरेन्सको नाफा बढेको छ । यसअवधिमा नाफा ३०।५१५ ले बढेर ४४ करोड ८५ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३४ करोड ३६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा बिमा कोषको आकार पनि ३६.९२% ले बढेर ८३ करोड १६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोषमा ६० करोड ७४ लाख २८ हजार रुपैयाँ थियो ।

यता, खुद बिमा शुल्क पनि १०.९१% ले बढेर १ अर्ब २७ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा १ अर्ब १४ करोड ५१ लख ९२ हजार रुपैयाँ थियो ।

यसअवधिमा प्रतिसेयर आम्दानी वार्षिक ३४ रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ९६ पैसा छ । असार मसान्तसम्ममा यसको १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । जगेडा कोषमा ५२ करोड ४४ लाख २ हजार रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari