निषेधाज्ञा अवधिमा पनि सेयर बजार खुल्ने
/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा एक सातासम्म गर्न लागेको निषेधाज्ञा अवधिमा पनि सेयर बजार भने खुला हुने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले निषेधाज्ञा अवधिमा पनि सेयर बजार बन्द नहुने नेपाली पैसालाई जानकारी दिए ।
साउदले भने, ‘अनलाइन कारोबारलाई प्रोत्साहन गर्दै सेयर कारोबार खुला रहने छ ।’ नेप्सेको पछिल्लो तथ्यांक अनुसार अनलाइनबाट दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ४७ हजार नाघेको छ ।
दोस्रो बजारमा सक्रिय भएर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या २ लाख ६४ हजार ६३३ जना रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ । यता, सीडीएसको तथ्यांक अनुसार १७ लाख ७६ हजार ३३७ जनाको हितग्राही खाता ९डिम्याट अकाउन्ट० रहेको छ ।
यसआधारमा अहिलेसम्म आफैंले पूर्णप्रविधि प्रयोग गर्ने लगानीकर्ताको संख्या भने न्यून रहेको देखिन्छ । तथापि, पछिल्लो समयमा अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या भने बढ्दै गएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनवटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बुधबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा अत्यावश्यक सेवा सञ्चालन नहुने भनिएको छ ।




















