stcnepal long ad
ime life insurance
national life
global ime bank long

एसियन लाइफको करिब २५ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको २४ हजार ८९८ कित्ता शेयर बिक्रीमा राखिएको हो।

हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको मैतीदेवीस्थित इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari