stcnepal long ad
global ime bank long

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणलाई हेर्दा वित्तीय सूचकहरूमा उतारचढाव देखिएको छ।

गत आवको तेस्रो त्रैमाससम्म ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ९१।१५ प्रतिशतको गिरावट सहित ४ करोड १ लाख रुपैयाँ मात्रै खुद नाफा कमाउन सफल भएको छ।

यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँबाट सामान्य बढेर करीब २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

आम्दानीमा सुधार नै देखिएको भए पनि जेनजी आन्दोलन र बाढी पहिरोको कारण ठूलो मात्रामा दाबी परेकोले नाफामा तीव्र दबाब परेको हो।

IME Lifesidebar
kumari