stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका वडा नं १३ निवासी भगतवी खत्रीलाई दाबी भुक्तानी प्रदान गरेको छ।

वडा नं. १३ का सक्रिय मदिरा व्यवसायी तथा समाजसेवी स्व. तेजबहादुर खत्रीको २०८२ साल फागुन २८ गते सडक दुर्घटनामा परी दुःखद निधन भएको थियो। स्व. खत्रीले सिटिजन लाइफ इन्स्योरेन्सको भैरहवा शाखाबाट ७० लाख रुपैयाँ बराबरको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना खरिद गरेका थिए।

बीमितको असामयिक निधनपछि कम्पनीले बीमा सम्झौताअनुसार दाबी भुक्तानी गर्दै पीडित परिवारलाई ठूलो आर्थिक राहत प्रदान गरेको जनाएको छ। कम्पनीका अनुसार कुल १ करोड ४८ लाख ९८ हजार ९ सय ६३ रुपैयाँ दाबी भुक्तानी गरिएको हो।

उक्त रकम मृतककी भगतवी खत्रीलाई एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो। कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख, एजेन्सी म्यानेजरहरू तथा विभिन्न समाजसेवीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, खत्री परिवारका तर्फबाट मृतकका दाजु खिमबहादुर खत्री, भाइ भोजबहादुर खत्री तथा छोराहरू तुसार खत्री र बवि खत्रीको उपस्थिति रहेको थियो।

कार्यक्रममा खिमबहादुर खत्रीले मन्तव्य राख्दै दुःखको घडीमा समयमै दाबी भुक्तानी उपलब्ध गराएकोमा कम्पनीप्रति आभार व्यक्त गरे। उनले यसले परिवारलाई ठूलो सहारा मिलेको उल्लेख गर्दै बीमाको महत्त्वबारे सबैलाई सचेत रहन आग्रह गरे।

कार्यक्रममा क्षेत्रीय प्रबन्धक नरेश सिग्देलले पनि बीमाको आवश्यकता र जोखिम व्यवस्थापनमा यसको भूमिकाबारे प्रकाश पार्दै स्व। खत्रीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सिटिजन लाइफ इन्स्योरेन्सले समयमै दाबी भुक्तानी गर्दै सेवाग्राहीप्रति आफ्नो प्रतिबद्धता पुनः प्रमाणित गरेको जनाएको छ।

IME Lifesidebar
kumari