stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एशियन लाइफको पाँच लाख कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ९६० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले हाल नेपाल बीमा प्राधिकरणद्वारा जारी बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ अनुसार कम्पनीमा हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

यसअनुसार कम्पनीले इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूलाई अबको ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ। आवेदन दिंदा फिट एन्ड प्रपर टेस्ट सम्बन्धी आवश्यक प्रमाणहरू समेत संलग्न गर्नु पर्नेछ।

इच्छुक शेयरधनीहरूले काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ। शेयरको बिक्री मूल्य भने विक्रेताले तोकेअनुसार रहने कम्पनीले जनाएको छ।

तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने पनि सूचनामा उल्लेख गरिएको छ।

prabhu mahalaxmi
kumari