stcnepal long ad
global ime bank long

एलआईसी नेपालको बीमा शुल्क आर्जन १५ अर्ब नजिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले गत आ.व.को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ ।

एलआईसी नेपालको आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवमा झण्डै १५ अर्ब अर्थात १४ अर्ब ८३ करोड ८५ लाख २५ हजार २९१ रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षमा १३ अर्ब ३४ करोड ७१ लाख १७ हजार ३७६ रुपैयाँ आर्जन गरेको थियो । कोरोना महामारीका बीच सो कम्पनीले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको भन्दा करिब डेढ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै कम्पनीको कूल बीमा शुल्क आर्जन १४ अर्ब ९२ करोड ३८ लाख ५९ हजार छ । अघिल्लो वर्ष कम्पनीले १३ अर्ब ४१ करोड १७ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको थियो कम्पनीको कूल बीमा शुल्क समेत बृद्धि भएको छ ।

IME Lifesidebar
kumari