एनएलजी इन्स्योरेन्सले नाफा बढायो
काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १५.३४% धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद बिमा शुल्क भने २६.९४% ले घटेर ५९ करोड ८५ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यसले ८१ करोड ९३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । बिमा कोषको आकार पनि गत वर्षको यसैअवधि भन्दा ११.१३% ले वृद्धि भएको छ ।
अघिल्लो वर्ष ७९ करोड २२ लाख रुपैयाँ रहेको बिमा कोषको आकार अहिले बढेर ८९ करोड ६३ लाख रुपैयाँ पुगेको छ । एनएलजीले यसअवधिमा ४९ करोड ८० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम भने ८९ करोड ८ लाख रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब ८५ लाख रुपैयाँ रहेको यसको जगेडा कोषमा ३१ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३५७ रुपैयाँ ८० पैसा रहेको छ ।























