नबिल बैंकको नाफा घटे
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको नाफा १५.८६% ले घटेर ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस बैंकले ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता, असार मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा पनि १८.५६% ले घटेर ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १.९४% र १५.४८% ले घटेको छ ।
खराब कर्जा ०.२३% ले थोरै बढेर ०.९७% मा आएको छ । यसले पनि नाफा केही प्रभावित बनाउँछ । किन भने प्रोभिजन बढाउनुपरेको हुन्छ ।
नबिलको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसाले घटेर ३७ रुपैयाँ २४ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ५२ पैसा रहेको छ ।























