stcnepal long ad
global ime bank long

नेको इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा फागुन ११ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्सले आफ्नो ३० औँ वार्षिक साधारण सभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र कर सहित १२.७८९४ नगद लाभांश छन्।

साधारण सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

साधारण सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। लाभांश र साधारण सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गरेको थियो । साधारण सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

IME Lifesidebar
kumari