stcnepal long ad
ime life insurance
national life
global ime bank long

यूनाइटेड अजोड इन्स्योरेन्सको खुद बीमाशुल्क ३२ प्रतिशतले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसा कम्पनीको नाफा ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा कम्पनी १० करोड ६६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

२ अर्ब ३१ करोड शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्पेसल रिजर्भमा १ अर्ब २ करोड ११ लाख रुपैयाँ रहेको छ । यस अवधिमा रिटेन्ड अर्निङ ५९ लाख ८७ हजार ऋणात्मक रहेको छ । अन्य इक्विटीमा ५९ करोड ६० लाख रहेको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब २ करोड ११ लाख रुपैयाँ थियो । रिटेन्ड अर्निङमा १० करोड ६ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा ६० करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड ४१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले ५८ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ३२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७७ करोड ८६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६८ करोड ३ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ १० पैसा रहेको छ ।

IME Lifesidebar
kumari