stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा रिलायन्स लाइफको दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ ।

आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषमा करिव २२ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ ।

कूल पाँच अर्ब एक करोड चुक्ता पुँजि भएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको महाबिपत्ती कोषमा १७ करोड ५३ लाख रुपैयाँ र जगेडा कोषमा २६ करोड ५७ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीको व्यवसायमा पनि बृद्धि भएको छ । कम्पनीको खुद बीमा व्यवसाय १४.२९ प्रतिशतले बृद्धि भई तीन अर्ब ११ करोड रुपैयाँबाट तीन अर्ब ५५ करोड रुपैयाँ रहेको छ । समग्र रुपमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख वित्तीय सूचांकहरुमा चमक देखिएको छ ।

कम्पनीले बीमा अभिकर्तालाई दिने कमिशन रकम १८.७९ प्रतिशतले बढेर ३१ करोड पाँच लाख रुपैयाँबाट ३६ करोड ८८ लाख रुपैयाँ रहेको छ । व्यवसाय बढेसँगै अभिकर्ता कमिशन पनि बढ्न पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १९.२१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २३ करोड १६ लाख रुपैयाँ कमाएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल २७ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीको कुल बीमा दावी भुक्तानी रकम ७९ करोड १२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त ब्याज आम्दानी ७७ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधीमा सानिमा रिलायन्स लाइफको कूल खर्च ७.२९ प्रतिशत बढेर चार अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कुल आम्दानी ७.९५ प्रतिशतले बढेर चार अर्ब ४४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको ईपीएस ११.१ रुपैयाँ रहेको छ ।

IME Lifesidebar
kumari