stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल इन्स्योरेन्सको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । २ अर्ब ५४ करोड शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्पेसल रिजर्भमा १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा रिटेन्ड अर्निङमा ४१ लाख ७९ हजार रहेको छ । अन्य इक्विटीमा ७ करोड १ लाख रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ थियो । रिटेन्ड अर्निङमा १६ करोड २९ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ४९ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९४ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा कम्पनीले ९८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ६४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ५८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४६ करोड १० लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४८ करोड ८० लाख रुपैयाँ खर्चिएको थियो । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ०.३९ रहेको छ । प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ११ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari