stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एनएलजी इन्स्योरेन्सको आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले पुस मसान्तसम्म १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको हो।

कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको खुद नाफा ८५.१८ प्रतिशतले घट्न पुगेको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ४४ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १.८९ प्रतिशतको वृद्धि सहित ४५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६७ करोड ७ लाख रुपैयाँबाट १६.६४ प्रतिशतले बढेर ७८ करोड २३ लाख रुपैयाँ पुग्दा कुल खर्च ५६ करोड ५ लाख रुपैयाँबाट ३६.७६ प्रतिशतले बढेर ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि २ करोड ७२ लाख रुपैयाँबाट १९.२४ प्रतिशतको वृद्धि गरी ३ करोड २५ लाख रुपैयाँ पुर्याएको छ।

समीक्षा अवधिमा कम्पनीको बीमाकोषको आकार ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँबाट ४६.३९ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी ९.६८ रुपैयाँबाट घटेर ०.८६ रुपैयाँमा झरेको छ। सोल्भेन्सी अनुपात ३.४२ प्रतिशतबाट बढेर ४.२४ प्रतिशत कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा २२ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिसम्म कम्पनीको कुल सम्पत्तिको मूल्य ९ अर्ब ८७ करोड रुपैयाँभन्दा माथि रहेको छ।

prabhu mahalaxmi
kumari