stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा उत्साहजनक प्रगति गरेको देखिएको हो।

गत आवको पुस मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आर्थिक वर्षको पुस मसान्तसम्म १३ प्रतिशतको वृद्धि सहित ३९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २ अर्ब २१ करोड ८७ लाख रुपैयाँबाट ३२.३९ प्रतिशतले बढेर २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ नाघेको छ भने कर्जा तथा लगानीबाट प्राप्त हुने आम्दानी ६९ करोड १९ लाख रुपैयाँबाट ७।२६ प्रतिशतले बढेर ७४ करोड ४६ लाख रुपैयाँ नाघेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १७.१८ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि १७.६० प्रतिशतले वृद्धि भएको र कम्पनीले आफ्ना अभिकर्ताहरूलाई दिने कमिशनमा पनि १७.८९ प्रतिशतको वृद्धि तथ्यांकले देखाएको छ।

समीक्षा अवधिमै कम्पनीको जीवन बीमाकोषको आकार ११ अर्ब ५३ करोड २३ लाख रुपैयाँबाट ३२ प्रतिशतले बढेर १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ नाघेको छ भने प्रतिशेयर आम्दानी १५.१० रुपैयाँबाट बढेर १५.७७ प्रतिशत कायम भएको छ।

चुक्ता पूँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा करीब २६ करोड ९३ लाख रुपैयाँ र जगेडा कोषमा ६१ करोड ६६ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म २ अर्ब १० करोड ८९ लाख रुपैयाँ लगानी गरेको यस कम्पनीको सम्पत्तिको कुल मूल्य २३ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि रहेको छ।

prabhu mahalaxmi
kumari