बीमा सम्बन्धी एक दिने भव्य कार्यक्रम काठमाडौंमा आज हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बिएफआईएन नामक संस्थाको आयोजनामा बीमा सम्बन्धी एक दिने कार्यक्रम आज काठमाडौंमा हुँदैछ ।

राजधानीको ललितपुरस्थित स्क्वाएर होटलमा सुरु हुन लागेको कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल सुवेदी, निर्देशक पुजन ढुंगेल, नेपाल बीमक संघका अध्यक्ष, नेपाल जीवन बीमक संघका अध्यक्षसहित दर्जन बढि सिईओहरु तथा भारतबाट आमन्त्रण गरिएका बीमा क्षेत्रका ज्ञाताहरुको सहभागिता रहनेछ ।

बिल्डिङ अ रेसिलेन्स इन्स्योरेन्स इको सिष्टम नाम दिइएको कार्यक्रममा नेपाली बीमा क्षेत्रका नियामक र बीमा कम्पनीहरुलाई एकै ठाउँमा जम्मा गरेर महत्वपूर्ण छलफल गर्न लागेको हो ।

एक दिवसीय कार्यक्रम विहान ९ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा पत्रकारहरु सरोकारवालाहरुको पनि उपस्थिति रहनेछ ।

IME Lifesidebar
kumari