stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा पुस २९ गते

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार गर्ने भएको छ । । कम्पनीको पुस ७ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सभाको मिति तय गरिएको हो ।

इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) रहेका छन् । साधारण सभाले सो प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा भाग लिनुको साथै लाभांश पाउनेछन् ।

इन्स्योरेन्स सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्नेछ ।

साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण (हालका लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ) हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले बोनश शेयर जारी पश्चात हुन आउने रु ५,३०,७७,९३,९२० बराबर चुक्ता पूँजी कायम गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनी ऐनको दफा १०५ (१) (ग) मा भएको व्यवस्था बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा सिल्भर ओक व्याङक्वेट एण्ड इभेण्ट सेन्टर, काठमाडौंमा बिहानको ११ बजे गर्ने जनाएको छ

prabhu mahalaxmi
kumari bank
kumari