stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कर्मचारीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न एनआईसी एसिया बैंकको माग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एनआईसी एसिया बैंकको इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकका अनुसार केही व्यक्तिहरू कलुषित मनसायका साथ शाखा कार्यालयमा प्रवेश गरी गालीगलौज गर्नुका साथै उच्छृङ्खल गतिविधिमा संलग्न भएका थिए।

बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रमा भएको यस्तो घटनाले कर्मचारीको मनोबल गिराउनुका साथै समग्र बैंकिङ क्षेत्रमै असुरक्षा बढाएको बैंकको ठहर छ।

बैंकद्वारा जारी विज्ञप्तिमा कार्यालयभित्र हुलहुज्जत गर्ने, होहल्ला गर्ने र आगजनी गर्ने उद्देश्यले पेट्रोल जस्तो अति प्रज्वलनशील पदार्थ छर्कने जस्ता गम्भीर र गैरकानुनी कार्य भएको उल्लेख गरिएको छ।

यस्ता गतिविधिले मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याइरहेको बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने र काम गर्ने वातावरणलाई गम्भीर रूपमा बिथोल्ने बैंकले जनाएको छ।

यस घटनाका कारण कर्मचारीहरूले असुरक्षा महसुस गरिरहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलले बताएका छन्।

कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता व्यवहार किमार्थ स्वीकार्य नहुने भन्दै बैंकले दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

बैंकले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग हार्दिक अनुरोध गरेको छ।

साथै, बैंक र त्यहाँ कार्यरत कर्मचारीहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न गराउन समेत सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ।

prabhu mahalaxmi
kumari bank
kumari