stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पाँच महिनामा ३७ हजार बीमितले त्यागे बीमा पोलिसी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात मंसिर मसान्तसम्ममा ३७ हजार १४९ जना बीमितले पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पाँच महिनामा ३७ हजार १४९ बीमालेख समर्पणबापत् कुल ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ रकम बीमा कम्पनीहरूबाट बाहिरिएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा भएको पोलिसी सरेण्डर गत आवको सोही अवधिको तुलनामा १७.५६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूबाट ४५ हजार ६० जना बीमितले पोलिसी त्यागेका थिए ।

सो संख्या बराबरको बीमितले पोलिसी त्याग्दा गत आर्थिक वर्षमा ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ रकम बाहिरिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको पाँच महिनामा बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या भने बढेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १२ लाख २० हजार ४१५ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा १२ लाख १४ हजार पाँच सय बीमालेख व्यतित भएका थिए । गत आर्थिक वर्षमा व्यतित बीमालेख रकम ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

बीमा पोलिसी खरिद गर्ने बीमितले तोकिएको समयअगाडि नै बीमालेख त्याग्नुलाई पोलिसी सरेण्डर भनिन्छ । बीमितलाई ऐनलाई बीमालेख सरेण्डर गर्न पाउने अधिकार दिएको छ ।

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ अनुसार बीमितले बीमा प्रारम्भ भएको तीन वर्षसम्म निरन्तर बीमा शुल्क तिरेसकेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ ।

prabhu mahalaxmi
kumari bank
kumari