stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  आज पुस १७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारण सभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। जसअनुसार हालको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको कुल ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

साधारण सभाले कम्पनीको प्रबन्धपत्र अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभाले कम्पनीको प्रबन्धपत्रको दफा ३ मा रहेको उद्देश्यअन्तर्गत ‘(छ) सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने’ व्यवस्था थप गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

prabhu mahalaxmi
kumari bank
kumari