stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९ औँ वार्षिक साधारणसभा पुस २९ गते

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले आफ्नो २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ बराबरको लाभांश अनुमोदन गर्नेछ। सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरिएको रकम पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari bank
kumari