stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिटिजन लाइफ इन्स्योरेन्स महाराजगंज शाखाद्वारा बीमा दावी भुक्तानी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको महारागंज शाखाले आइतबार बीमितकी श्रीमतीलाई मृत्यु दावी वापत कुल ११ लाख १९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।

कम्पनीले संखुवासभाको मादी गाउँपालिका–६ का बीमित कुल बहादुर थिङको दुर्घटनामा परी मृत्युपश्चता उनकी श्रीमती रणमाया तामाङलाई बीमांक रकम बराबर पाँच लाख रुपैयाँ, दुर्घटना वापत पाँच लाख रुपैयाँ, काजकिरीया वापत ५० हजार रुपैयाँ र बोनश वापत ६९ हजार रुपैयाँ सहित ११ लाख १९ हजार रुपैयाँको दावी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीको महाराजगंज शाखा प्रबन्धक दिपक पोखरेलले भने, ‘उहाँले २० वर्षे बीमा गर्नुभएको थियो र अहिले सो रकम प्राप्त गरेपछि अब बीमा अवधि समाप्तीमा थप पाँच लाख रुपैयाँ बीमितकी श्रीमतीले प्राप्त गर्नेछिन्।’

बीमा दावी रकम लिदै बीमितकी श्रीमती रणमाया तामाङले कोही नहुँदा पनि बीमा हुदोरहेछ र अब मेरो बाच्ने साहार सिटिजन लाइफ बनेको बताउँदै कम्पनीलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

prabhu mahalaxmi
kumari bank
kumari