stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेशनल लाइफले गर्यो लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबाट योग्य भएका ३४० जना अभिकर्ता र विभागीय प्रमुख, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्वीप प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिनुका साथै सोही प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो।

यसैगरी प्रमुख कार्यकारी अधिकृत खत्रीले सोही अवसरमा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्तालाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्तालाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम गरिँदै आएको र हालसम्म गण्डकी प्रदेश कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका अभिकर्ताको सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा लुम्बिनी प्रदेशबाट छनौट भएका अभिकर्तालाई सम्मान गरिएको बताए।

उनले बाँकी प्रदेशहरुमा पनि सीईओ क्लब सम्मान कार्यक्रमको तयारी भइसकेकोले ती प्रदेशहरुमा पनि अब छिट्टै नै कार्यक्रम सम्पन्न हुने जानकारी गराए।

यसका साथै खत्रीले कम्पनीले ल्याएको सीईओ क्लब कार्यक्रममा नेपालभरबाट १ हजार ६०० जनाभन्दा बढी अभिकर्ता छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्तालाई व्यावसायिक बनाउन मद्दत पुग्ने बताए।

कार्यक्रममा सहभागी अभिकर्तालाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए। तालिमका क्रममा प्रशिक्षक झाले बीमा अभिकर्ता पेसा केवल व्यवसायसँग जोडिएको नभई सेवा भावसँग जोडिएको एक पवित्र पेसा भएको र यस पेसामा जोडिने हरेक अभिकर्ताका लागि एक अवसर भएको हुँदा यस पेसामा लाग्ने व्यक्तिले सफलता हासिल गर्ने मुख्य आधार नै कामप्रतिको इमान्दारिता र निरन्तरता रहेको बताए।

समारोहमा सहभागी अभिकर्ताले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेसामा थप ऊर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महसुस भएको प्रतिक्रिया दिए।

prabhu mahalaxmi
kumari