stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

लामिनारले सुरु गर्‍यो ‘मेरो सपनाको घर’ सजावट अभियान

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले लामिनार–मेरो सपनाको घरु नामक नेपालकै पहिलो कोठा तथा बाथरूम सजावट कार्यक्रम सुरु गरेको छ ।

मिस नेपाल–२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको सिर्जनात्मक नेतृत्वमा अघि बढाइएको उक्त कार्यक्रममार्फत दुई नेपाली परिवारले आफ्नो घरको कोठा र बाथरूमको पूर्ण सजावट निःशुल्क प्राप्त गर्नेछन् ।

मेटलवुड फर्निचर, कोहिलर सरसफाइ सामग्री, ब्रिलियन्ट बत्ती र एम्पोरियस सजावट सामग्री जस्ता प्रतिष्ठित ब्रान्डहरूको सहकार्यमा रूपान्तरण कार्य सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।

सहभागी हुन इच्छुकले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर किन आफ्नो कोठा वा बाथरूमलाई रूपान्तरण आवश्यक छ भन्ने कारण स्पष्ट पार्दै टिकटक, इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक रूपमा राख्नुपर्नेछ । भिडियोमा @laminartiles उल्लेख (ट्याग) गर्नुका साथै ३लामिनार–मेरो सपनाको घर ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।

प्राप्त भिडियोहरूको मूल्यांकन लामिनार, यसको सिर्जनात्मक संस्था तथा परियोजना भित्री सजावट विज्ञ अस्मी श्रेष्ठसमेत रहेको आन्तरिक समितिले कथाको प्रस्तुति, आवश्यकता, सिर्जनात्मकता र दर्शक सहभागिताका आधारमा गर्नेछ ।

विजेताले उच्च गुणस्तरका सामग्री, पूर्ण भित्री सजावट योजना, सम्पूर्ण कार्यान्वयन सेवा तथा सुरु–मध्य–अन्त्य फोटोरभिडियो अभिलेखसहित सम्पूर्ण रूपान्तरण प्याक प्राप्त गर्नेछन् ।

भिडियो पठाउने अन्तिम मिति २०२६ जनवरी २ र विजेता घोषणा मिति २०२६ जनवरी ७ तोकिएको छ । नेपाली घरलाई आधुनिक, आकर्षक र आरामदायक बनाउन कार्यक्रम अघि बढाइएको लामिनारले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari