आइएमई लाइफकी लक्ष्मी बनिन् सन् २०२६ का लागि पहिलो सीओटी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरे पाण्डे सन् २०२६ का लागि सीओटी बन्न सफल भएकी छन् ।
२०८१ सालबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेकी घिमिरे छोटो समय अर्थात एक वर्षभित्रै मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ दि टेबल (सीओटी) को लक्ष्य पुरा गर्न सफल भएकी हुन् ।
यति मात्रै नभई उनी २०२६ को लागि आइएमई लाइफको पहिलो एमडीआरटी समेत हुन् । विभिन्न बाधा र चुनौतिलाई छिचोल्दै प्रतिकूल अवस्थाका बावजुद पनि लक्ष्मीले यो सफलता हात पार्न सफल भएकी हुन् ।
उनको समर्पण र व्यावसायिक उत्कृष्टताप्रति अटल प्रतिबद्धताले कम्पनीका लागि कोसेढुङ्गा स्थापित गरेको छ। यो उपलब्धिले उनको व्यक्तिगत सफलतालाई मात्र नभई बीमा क्षेत्रभरिका सहकर्मीहरू र आकांक्षी पेशेवरहरूलाई पनि प्रेरणा दिनेछ भन्नेमा कम्पनी विश्वस्त छ ।
कम्पनीका अधिकारीहरूले उनको उपलब्धिमा गर्व व्यक्त गर्दै उनको कडा परिश्रम र दृढ संकल्पले शाखाको प्रतिष्ठालाई उच्च बनाएको र भविष्यमा अन्य अभिकर्ताहरुलाई पनि यो सफलता पाउनका लागि प्रेरणा मिल्ने बताए ।
आइएमई लाइफ इन्स्योरेन्स जस्तो प्रतिष्ठित बीमा कम्पनीमा काम गरी कम्पनीको पहिलो सीओटी बन्न पाउँदा आफु निकै उत्साहित रहेको लक्ष्मीले बताइन् । साथै, आफ्नो परिवार तथा वर्तमान परिस्थतीमा बढ्दो बीमाको आवश्यक्तालाई महसुस गर्दै यस क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेकी छन् ।

























