stcnepal long ad
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सले प्रथम त्रैमासमा कमायो १२ करोड ७७ लाख रुपैयाँ नाफा कमाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सोको तुलनामा चालू आवमा ४९.६५ प्रतिशत कम नाफा कमाएको हो।

नाफा घटे तापनि कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो तीन महीनामा ४ अर्ब १७ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालू आर्थिक वर्षमा ३.३७ प्रतिशतको वृद्धि सहित ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ५५ करोड ४३ लाख रुपैयाँबाट ८ प्रतिशतले घटेर ६ अर्ब २ करोड ४० लाख रुपैयाँमा झरेसँगै कुल खर्च पनि ५ अर्ब ८८ करोड १९ लाख रुपैयाँबाट सामान्य घटेर ५ अर्ब ८३ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।

गत आर्थिक वर्षको असोज मसान्तसम्म आफ्ना अभिकर्ताहरूलाई ३४ करोड ३२ लाख रुपैयाँ कमिशन दिएको यस कम्पनीले त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म २.६३ प्रतिशतले बढाएर ३५ करोड २२ लाख रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ।

गत आर्थिक वर्षको तीन महीनामा कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ रहेकोमा सोको तुलनामा चालू आवको तीन महीनामा १९.५६ प्रतिशतले बढाएर ८० अर्ब ३१ करोड ४ लाख रुपैयाँको जीवन बीमाकोष खडा गर्न सफल भएको छ।

चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४७ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा ७७ करोड ६८ लाख रुपैयाँ सञ्चिति रहेको छ। प्रतिशेयर आम्दानी ५.५९ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १०५.६५ रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari