stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एशियन लाईफ इन्स्योरेन्सबाट सिईओ श्रेष्ठको विदाई

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आठ वर्षे कार्यकाल सकिएपछि एशियन लाईफ इन्स्योरेन्सबाट सिईओ राजेश कुमार श्रेष्ठको विदाई गरिएको छ । २०६९ साल भदौं २० गते अर्थात अगष्ट ५, २०१२ मा पहिलो पटक सिईओ पदमा नियुक्त भएका श्रेष्ठको अंग्रेजी तारिख अनुसार आजबाट दुई कार्यकाल सकिएको हो ।

एशियन लाईफ इन्स्योरेन्सले सिईओ श्रेष्ठको आजदेखि विदाई गरिएको जनाएको छ । उनको कार्यकालमा एशियनल लाईफ इन्स्योरेन्सको जीवन बीमा कोष १० गुणाले बृद्धि गर्दै कम्पनीलाई जोखिम बहन गर्न समक्ष र शसक्त कम्पनी बनाएर विदा भएका हुन ।

नयाँ कम्पनीहरुको आगमन तथा प्रतिस्पर्धी कम्पनीहरुको दवदवाका बीचमा श्रेष्ठले कम्पनीलाई आफ्नै लयमा अघि बढाउन सफल भएको विश्लेषण बीमा क्षेत्रमा गर्ने गरिन्छ ।

बीमा समितिले जारी गरेको कुलिङ पिरियड सम्बन्धी अनुशासनका कारण छ महिना नपुगी अर्को बीमा कम्पनीमा जान पाउने छैनन् ।

श्रेष्ठले आफू छ महिने कुलिङ पिरियडमा बस्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा करिब ५० हजार अभिकर्ता थप गरी कूल ९० हजार अभिकर्ता, २० अर्ब थप गरी कूल २२ अर्ब रुपैयाँ जीवन बीमा कोष बनाउँदै जीवन बीमा बजारको प्रतिस्पर्धी कम्पनीसँग फाइट गर्ने पूर्वाधार खडा गरेर एशियन लाईफ इन्स्योरेन्स कम्पनीबाट विदा भएका हुन् । तत्कालिन महालक्ष्मी फाइनान्स कम्पनीमा सिईओ भएर काम गरेका श्रेष्ठले करिब २५ बर्ष बैंक तथा वित्तीय क्षेत्रमा बिताइ सकेका छन् ।

kumari bank
kumari
nawakantipur long