बीमा प्राधिकरणको अध्यक्ष सिफारिसका लागि समिति गठन
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ । अध्यक्ष सिफारिसका लागि सरकारले समिति गठन गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञका रूपमा डा। खोमराज खरेल सदस्य छन् ।
भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेको हो । समितिले अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेपछि सरकारले अध्यक्ष नियुक्त गर्नेछ ।
यसअघिका अध्यक्ष शरद ओझालाई सरकारले पदमुक्त गरेपछि नयाँ अध्यक्ष नियुक्त गर्न लागिएको हो।

























