stcnepal long ad
global ime bank long

प्रुडेन्सियल इन्सुरेन्सको ५४ हजार ६३१ कित्ता सेयर लिलामी बोलकबोल भर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्सको ५४ हजार ६३१ कित्ता सेयर लिलामी बोलकबोल भर्ने आज सोमबार साउन १९ गते अन्तिम दिन हो । सोमबार कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले साउन १२ गतेबाट सर्वसाधारण समूहको ५४ हजार ६३१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसअघि प्रुडेन्सियलले १०० रुपैयाँ अंकित मूल्यको ३८ लाख ४९ हजार १२० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ, दाङ, सुर्खेत, मेहन्द्रनगर, विराटनगर, वीरगञ्ज र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, एनएमबि बैंककै पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन पाइनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्रीपछि पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari