stcnepal long ad
ime life insurance
national life
global ime bank long

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गइरहेको छ । तीव्र गतिमा परिवर्तन भइरहेको वातावरणमा बीमा कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धि र नाफा कायम राख्न ग्राहक सेवा र सञ्चालन दक्षमतामा निरन्तर सुधार गर्नुपर्ने आवश्यकताकाबीच आर्थिक वर्ष २०८१/८२ असार मासन्तमा व्यवसाय विस्तारमा एचईआईले उल्लेखनीय सफलता हासिल गरेको छ ।

यस अवधिमा कम्पनीले कुल रु ४.०३ अर्ब प्रिमियम आर्जन गरेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकको वृद्धि हासिल गर्न कम्पनी सफल भएको छ ।

तीव्र प्रतिस्पर्धात्मक बजारमा हासिल भएको यस सफलता ग्राहक महानुभावहरुको निरन्तरको विश्वास, सञ्चालन उत्कृष्टता र सम्पूर्ण कर्मचारीवर्गको निरन्तरको मिहिनेत र लगनशिलताको उपचको रुपमा कम्पनीले बुझेको छ ।

यसैगरि समीक्षा अवधिमा कम्पनीले कुल १ अर्ब ६५ करोड कुल दाबी भुक्तानी गरेको छ । छिटो छरितो र सहज हिसाबबाट नियामकीय व्यवस्था अनुरुप दाबी फछ्र्यौट गर्दै ग्राहक सेवामा अब्बल रहन निरन्तर प्रयास कायम रहने कम्पनीले
जनाएको छ ।

वार्षिक उपलब्धि हासिल गरेपछि भिडियो मार्फत सबैलाई सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले यो उपलब्धीले नयाँ उर्जा, आशा र आत्मविश्वास मिलेको उल्लेख गर्नुभएको छ । यो सबैका लागि नयाँ बेन्चमार्क हुने जसलाई आधार मानेर थप उचाइमा पुग्ने अपेक्षा गरेको बताउनुभयो ।

अबको आर्थिक वर्षमा कम्पनीले ग्राहक सन्तुष्टि र सम्बन्ध सुदृढीकरणलाई निरन्तरता दिँदै डिजिटाइजेसन र प्राविधिक आधुनिकीकरणलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

प्राकृतिक प्रकोप लगायतका कारणबाट भएको क्षतिको दाबी फछ्र्यौट विशेष प्राथमिकतामा रहने कम्पनीले जनाएको छ ।

प्राकृतिक प्रकोप लगायतका कारणबाट भएको क्षतिको दाबी फछ्र्यौट विशेष प्राथमिकतामा रहेको कम्पनीले जनाएको छ । यी चुनौतीहरुकाबीच पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले देशका उत्कृष्ट निर्जीवन बीमा कम्पनीहरुमा आफ्नो स्थान निरन्तर सुरक्षित राख्न सफल भएको छ ।

हालसम्म हासिल यस उपलब्धिबाट आफ्नो व्यवसायिक प्रतिष्ठा वृद्धि गर्दै तल्लो तहसम्म बीमाको पहुँच र ग्राहककेन्द्रित सेवामा आफूलाई समर्पित गरेको विश्वास छ ।

वित्तीय चुनौतीका बावजुद पनि एचईआईले समयमै दाबी भुक्तानी गर्न र निरन्तर दाबीलाई सुधार गर्न सफल भएको छ ।

तीव्र प्रतिस्पर्धी बजार, प्राकृतिक प्रकोप लगायतका कारणले बढ्दो दाबी भुक्तानी, सञ्चालन खर्चमा भएको वृद्धिका बाबजुद प्रति शेयर आम्दानीमा निरन्तर वृद्धि गर्दै शेयरधनी महानुभावहरुलाई स्थिर प्रतिफल दिन सक्षम रहने विश्वास कम्पनीले लिएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले तीव्र प्रतिस्पर्धात्मक बजारमा पनि ग्राहकको विश्वास, सञ्चालन उत्कृष्टता र वित्तीय सुदृढतामा केन्द्रित रहँदै आफ्नो सफलता निरन्तर कायम राखेको छ ।

बढ्दो प्रतिस्पर्धाका बाबजुद पनि कम्पनीले अपनाएको दूरदर्शी रणनीति र अनुशासित कार्यान्वयनले आगामी दिनमा थप उचाई हासिल गर्न कम्पनी सफल हुने अपेक्षा गरिएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari