stcnepal long ad
ime life insurance
national life
global ime bank long

सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको असार १५ गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो।

कम्पनीले न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ।

सनलाइफ सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि ६५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सनलाइफ सावधिक जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

२० देखि २४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रति हजार ५५ रुपैयाँ, ३० र माथि अवधिका लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ ।

कम्पनीले ० देखि १९ वर्ष अवधिको २० हजार २०२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

भाग्योदय जीवन बीमालेख
भाग्योदय जीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ० देखि १९ वर्ष अवधिसम्मका लागि प्रति हजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५२ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

कम्पनीले ० देखि १९ वर्ष अवधिको ११ सय ४४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

बाल समृद्ध जीवन बीमालेख
बाल समृद्ध जीवन बीमालेखको हकमा पनि कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ।

कम्पनीले ० देखि १९ वर्ष अवधिको यस बीमालेख २४ हजार ९५१ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

सावधिक सुनौलो जीवन बीमा
यस बीमा योजनामा कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि माथि वर्ष अवधिका लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ।

सुनौलो बाल समृद्धि जीवन बीमा
यस बीमा योजनामा कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि माथि वर्ष अवधिका लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ।

नवीन आजीवन जीवन बीमा योजना
नवीन आजीवन जीवन बीमाको हकमा कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३८ रुपैयाँ बोनसदर कायम गरेको छ । २० देखि २४ वर्ष अवधिका लागि पनि प्रति हजार ६२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ।

कम्पनीले ० देखि १९ वर्ष अवधिको यस बीमालेख ३ हजार ४८० वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

१५ वर्षे सार्थक आजीवन जीवन बीमालेख
यस योजनाको हकमा कम्पनीले सबै बीमा अवधिमा प्रतिहजार ३९ रुपैयाँ बोनसदर कायम गरेको छ।

धनधान्य जीवन बीमालेख
यस योजनामा कम्पनीले ० देखि १९ वर्ष अवधिको लागि २३ रुपैयाँ र २० वा सो भन्दा माथिका लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

धनलक्ष्मी बीमा योजना
यस बीमालेखको हकमा कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

धनञ्जय जीवन बीमा योजना
यस जीवन बीमा योजनको हकमा ० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २३ रुपैयाँ, २० देखि माथि वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

नव धनलक्ष्मी जीवन बीमालेख
यस बीमा योजनामा कम्पनीले ० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २३ रुपैयाँ, २० देखि माथि वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

IME Lifesidebar
kumari