नेशनल लाइफ इन्स्योरेन्सको अध्यक्षमा सिंह पुनर्निवाचित, ग्रहण गरिन् सपथ

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।
इन्स्योरेन्स कम्पनीको असार ५ गते भएको ३७ औं वार्षिक साधारण सभावाट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पूर्नगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पुनर्निवाचित भएकी हुन् ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट कम्पनीको पुनर्निवाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे ।
उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।