रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार जेठ २५ गते अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यस इन्स्योरेन्सले जेठ २६ गते बुक क्लोज गर्दैछ ।
तसर्थ, जेठ २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । यस इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ नगद गरी कुल १२.६३ लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीको आठौं वार्षिक साधारण सभा असार २ गते बस्दैछ । साधारण सभा, आम्रपाली ब्यांक्वेट ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।