sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

हिमालयन लाइफ इन्स्योरेन्सको १७ ओैं वार्षिकोत्सबमा १० जना कर्मचारी सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको जीवन बीमा कम्पनीहरूमा उत्कृष्ट कम्पनीका रूपमा ख्याति कमाएको ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडू’को १७ औं बार्षिकोत्सवको अवसरमा जेठ २२ गते १० जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।

सो कम्पनीमा १० बर्ष भन्दा बढि सेवा अवधि पुरा गरेका कर्मचारीहरलाई कम्पनीले सम्मान गरेको जनाएको छ ।

सम्मानित भएकाहरु कम्पनीका कर्मचारीहरूमा केन्द्रिय कार्यालय, शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् ।

कम्पनीले कर्मचारीहरुलाई सम्मानपत्र सहित खादा लगाएर सम्मान गरेको छ । सो सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीमा लामो समय सम्म काम गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्न र भविष्यका लागि उत्प्रेरित गर्न सम्मान गरिएको बताउनु भएको छ ।

यस्तै सो अवसरमा कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कर्मचारी संघका अध्यक्ष हरि बहादुर खड्‌काले सम्मान कार्यक्रमबाट कर्मचारीहरुलाई उर्जा प्राप्त हुने बताउनु भएको छ ।

कम्पनीले १७ ओैं बार्षिकोत्सवको अवसरमा सातै प्रदेशका विभिन्न स्थानहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम आयोजना गरेको जनाएको छ ।

prabhu bank
nawakantipur long