sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

हिमालयन लाइफ १७औं वर्षमा प्रवेश, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०६५ साल आजकै दिन अर्थात जेठ २२ गतेबाट औपचारिक कारोबार सुरु गरेको हिमालयन लाइफ इन्स्योरेन्स आजबाट १६ वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ ।

१७औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले १७औं वर्ष प्रवेश गरेको अवसरमा देशका विभिन्न शाखा कार्यालयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ ।

इन्स्योरेन्स कम्पनीले यसका साथै, कम्पनीको केन्द्रिय कार्यालयमा विगत १० वर्षदेखि निरन्तर काम गरिरहेका कर्मचारीहरुलाई सम्मान गर्ने लगायतका विविध कार्यक्रम सञ्चालन गरी १७ औं वार्षिकोत्सव मनाइरहेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०६५ साल जेठ ११ गतेदेखि सुरु गरेको थियो । करिव दुई दशक समयदेखि जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

देशमा जीवन बीमा व्यवसायको सूरुवाती चरणदेखि लिएर आजसम्म बीमा सेवा उपलब्ध गराउनमा हिमालयन लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी महत्वपूर्ण भुमिका रहेको छ ।

१७ औं बार्षिकोत्सवको अवसर पारेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

गौरवपूर्ण तरिकाले १६ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीका सीईओ कर्णले सम्पूर्ण बीमित, कर्मचारी, अभिकर्ता, शेयरहोल्डर, सञ्चालक समिति तथा नियामक निकायलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले कम्पनीका सम्पूर्ण वित्तीय सूचांकहरु एकदमै बलिया रहेका र आउँदो दिनमा अझै बलियो बीमा कम्पनीका रुपमा स्थापित हुने प्रतिवद्धता जनाएका छन् ।

साथै, इन्स्योरेन्स कम्पनीले आगामी वर्षहरुमा पनि बीमित र उनीहरुको परिवारको साथमा रहेर जोखिम बहन गरिरहने जनाएको छ । इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी १७ वर्षको अवधिमा लाखौ मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन् ।

१७ औं वर्षदेखि नेपाली बीमा क्षेत्रमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै बीमा सेवा र दावी भुक्तानीमा पनि अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

हाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहेका छन् । उनले कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका छन् ।

शुलभ अग्रवाल सञ्चालक समिति अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्समा शौरभ दुगर, प्रमिला के.सी. थापा, सचिन आचार्य र आशिस ढकाल सञ्चालक रहेका छन् ।

त्यस्तै, इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओमा कपिल कुमार दाहाल, जेआर डेपुटी सिईओमा माधव प्रसाद शर्मा, एसिस्टेन्ट चिफ अफिसरमा राजन प्रसाद अधिकारी, सीएफओ लक्ष्मण ज्ञवाली, कम्पनी सचिव तथा लिगल हेड इश्वर कुमार सेडाई लगायतको अनुभवि तथा उत्कृष्ठ कार्यसम्पादन भएको व्यवस्थापकीय समुह रहेको छ ।

इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा वित्तीय सूचांकमा पनि कम्पनीले सफलता हासिल गरेको छ । यस अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

prabhu bank
nawakantipur long