रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा असार २ गते
बोनस सेयर वितरण गर्दै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा बस्ने भएको छ ।
साधारण सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ नगद गरी कुल १२.६३ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले जेठ २६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
साधारण सभा, आम्रपाली ब्यांक्वेट ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।