stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेको इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता गरेको छ । कम्पनीले ४ः१ को अनुपातमा निष्काशन गरिएको प्रतिशेयर अंकित मुल्य १ सय रुपैयाँ दरको ५०,३०,९०१.५५ कित्ता हकप्रद शेयरमध्ये उक्त अवधिमा आवेदन नपरेको अवितरित हकप्रद शेयरहरु बैशाख १२ गते देखि बैशाख २१ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद आव्हान गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु बैशाख २६ २६ गते खोलि कम्पनीले बाँडफाँड गरेको हो ।

आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी आजबाट आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आइपीएस मार्फत रकमान्तर गरिने जनाएको छ ।

साथै आफ्नो बैंक खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा विक्री प्रबन्धकको कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख्न आग्रह गरेको छ ।

साथै, सर्वसाधारण तर्फ बाँडफाडको अन्तिम मुल्य रु ६९७.७८ रहेको र उक्त मुल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । उक्त नतिजा बिक्री प्रबन्धकको वेभसाइटबाट हेर्न पनि सकिनेछ ।

IME Lifesidebar
kumari