सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा २७ प्रतिशतले वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३५ करोड ७६ लाख रुपियाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीले २८ करोड १३ लाख रुपियाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको कुल खर्च २२.८० प्रतिशतले बढेर ५ अर्ब ९६ करोड रुपियाँ पुगेको छ भने इन्स्योरेन्स कम्पनीको कुल आम्दानी ५ अर्ब २१ करोडबाट बढेर ६ अर्ब ३९ करोड कायम भएको छ ।
५ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा २१ करोड १२ लाख रुपियाँ र जगेडा कोषमा ९८ करोड रुपियाँ ४५ लाख रुपियाँ सञ्चिति रहेको छ।
चैत मसान्तसम्म इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ९.५४ रुपियाँ र प्रतिशेयर नेटवर्थ १४६.९१ रुपियाँ रहेको छ ।