sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

शिखर इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक सामान्य बृद्धि भएको छ ।

२ अर्ब ९२ करोड रपैयाँ शेयर पूँजी भएको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विशेष जगेडामा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ।

इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमाससम्म ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको नाफा सामान्य बढेको हो ।

तेस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य बढेको छ।

इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २० करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले १ अर्ब ३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क १६।५६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्ममा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५२ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ४९ करोड खर्चिएको थियो ।

समीक्षा अवधिसम्म इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो ३ दशलमव ६७ प्रतिशत रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ २९ पैसा रहेको छ। पीई रेसियो ४६.८१ गुणा रहेको छ । इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १९५.८१ रुपैयाँ रहेको छ।

prabhu bank
nawakantipur long