sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेको इन्स्योरेन्सको कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनी लाभांश र साधारण सभा प्रयोजनार्थका लागि वैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

वैशाख २९ गते सार्वजनिक बिदा भएकाले बैशाख २८ गते आइतबारसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

इन्स्योरेन्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारण सभा आउँदो जेठ ९ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्।

साधारण सभाले प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने र त्यसका लागि नियमनकारी निकायबाट प्राप्त सुझाव वा निर्देशनलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

बोनस शेयर वितरणपछि सोही बमोजिम जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने अर्को विशेषा प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणा सम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

gold
prabhu bank
nawakantipur long