सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख १६ गते मंगलबार अन्तिम दिन हो । यस इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि वैशाख १७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यस इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
गत वर्षको नाफाबाट यस इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा रानीमहल बैंक्वेट प्रा.लि. ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।