सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।