stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा जिआइसी इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज

लाभांश पारित गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा आज बस्दैछ।साधारण सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आर्थिक वर्षमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारण सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग कालिकास्थानमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

IME Lifesidebar
kumari