सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख २ हजार ५७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर हाल बैंककै कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित आफूले के कति खरिद गर्न चाहेको हो सोको विवरण खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।