sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेप्सेमा ४ कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार ४ कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । जसमा नेपाल एसबीआई बैंक र फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयर र ङादी ग्रुप पावर तथा बलेफी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो ।

नेपाल एसबीआईको ३.८० प्रतिशतले हुने ३३ लाख ९० हजार ५७।८७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी, फरवार्ड माइक्रोफाइनान्सको पनि १४ लाख ३ हजार ८९९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १३.३० प्रतिशत बोनस सेयर अहिले सूचीकृत भएको हो । यता, ङादी ग्रुप पावरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

ङादीले १ः१ अनुपातमा (१०० प्रतिशत) बिक्री गरेको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यता, बलेफी हाइड्रोपावरको पनि १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

यसले पनि हालै बिक्री गरेको शतप्रतिशत हकप्रद सेयर सूचीकरण गरेको हो । उक्त बोनस र हकप्रद सेयर सेयरधनीहरुले डिम्याट खातामा जम्मा भएपछि बिक्री गर्न सक्नेछन् ।

gold
nawakantipur long